स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

-डा.गणेशकुमार पौडेल

यमराज मैले भनेको तपाईले मान्नुपर्छ
मेरो राक्षसी रुप भएकोले मेरो सेवा गर्नुपर्छ
पहिला सोझा साझा इमान्दारलाई लानुस
फूर्सतमा मलाई पछि लिन आए हुन्छ ।।

बाघसँग होइन बाख्रासँग नै डराउँनुपर्छ
गोठालालाई देख्न साथ गाउँ छोडेर भाग्नुपर्छ
थाङ्ने माग्ने र राक्षसी रुपे रक्षक भएको हुँदा
काल गतिले होइन यहाँ अकालमा नै मर्नुपर्छ ।।

नित्य मसान घाटमा मुर्दँ हेरेर
रमाई बस्छ राक्षसी रुपे बियर पिएर
उसलाई निम्तो दिएर भट्टिमा बोलाउनु
खुशी हुन्छ सुन्दरी देख्दा मनै खोलेर ।।

कुकुरलाई कात्तिक लागेको छ हिजो आज
राक्षेसी रुपेलाई बैँस आएको छ हिजो आज
अंबलाको हाल बेहाल देखेर हो त्यहाँ
सहयोगीकोचैँ दौड चलेको छ हिजो आज ।।

पीडितलाई झन् पीडा दिएको छ
पहिला देखि छिमेकी रुवाएको छ
जीवन भर आतंकित भएर नै
राक्षसीरुपे सँग थर्किनु परेको छ ।।

नेपालका उद्योगीलाई टाट पल्टाउने
भारतीय वस्तुको परनिर्भरता बढाउने
त्यो राक्षसी रुपेले आफू सधैँ व्यापारी भएर
छिमेकीलाई सधैँ परनिर्भर बनाउने ।।

सिमामा तटबन्धन बनाएको छ
मानव वस्ती डुबानमा पारेको छ
त्यो राक्षसी रुपेको हेपाहा प्रवृत्तिको
एक तर्फी रुपमा प्रष्ट भएको छ ।।

भारतसित सिमा जोडिएका बीस जिल्ला छन्
तिनीहरु सबै समस्यै समस्यामा छन्
त्यो राक्षसी रुपेबाट कतै तटबन्धन त
कतै सडक निर्माण गरिएका ठाउँ छन् ।।

गलत सपना बाँडेर हिँड्ने
यावत अपकर्म गरेर हिँड्ने
त्यसरी त्यो राक्षेसी रुपेले समाजमा
हिंसाबाट कुकर्म निरन्तर गर्ने ।।

समाजमा कसैलाई गाली गर्दै हिँड्छ
कसैको चरित्र हत्या गर्दै हिँड्छ
त्यो राक्षसी रुपेले गाउँघरमा हेर
धम्काउने र अपवहा फैलाउदै हिँड्छ ।।

पुस्तौ पुस्तालाई पुग्ने सम्पत्ति कुम्ल्याउँने
राज्यको ढिकुटि सबै टाट पल्टाएको छ
त्यो राक्षसीरुपे आफू राष्ट्रवादी भएको
भ्रमको ओड्ने ओडेर रमाई रहेको छ ।।

मानव वस्ती मिचिएको छ
खेती योग्य जमिन डुबेको छ
बलात्कारीको बलात्कारले गर्दा
आज घट्ना चर्चामा आएको छ ।।