यहाँ आफूलाई सही सावित गराउन
यस झुटा भिडमा
अन्यायलाई न्याय दिलाउन गाह्रो छ यहाँ…
यस सरकारलाई… तिमी बस
आफ्नो बाटो सुरक्षित हिँड
आखिर मनको कुरा सुनाएर के
पाउँछौ भिड त झुटो छ यहाँ
तिम्रा पछि डाहा गरेर भुक्नेलाई
भुक्न देऊ तिमी
झुटो भिडमा काम नै त केही छ र
डाहा गरेर खुट्टा तान्न बाहेक
अनि भुक्नेहरुले पाउने तिम्रा
खुट्टा होइन तिमीले लगाएका
जुत्ता त हो नि
तिमी बस् आफ्नो
पाइला अगाडि बढाउँदै जाऊ
तिमीले बोलेको बोली
मन नपराउनेहरुको अगाडि
झन् तिमी बोलेर उचाइमा पुग्दै जाऊ
यस झुटा भिडमा तिमी कसैको कुरा नसुन
भुक्नेको कुरा नसुन तिमी बस् आफ्नो
सपना बुन्दै जाऊ
आखिर सपना त तिम्रै त हो नि
यस झुटा भिडको पछि तिमी नलाग
बस तिमी यही सोच भुक्नेहरु
तिम्रा साथको लायकमा छैनन्
तिमी आफू शान्त बसिदेऊ
ज्ञान नभएका अबुजहरुको
अगाडि तिमी आफ्नो बोली खर्च नगर
तिम्रा अगाडि झुकेर
तिम्रो शब्दमा आवाज
उठाउँछ भने तिमी
राम्रोसँग जवाफ देऊ
किन भने नाली सँधै गन्धनै हुन्छ
तिमी त्यस भिडमा मिसिन नजाऊ
निश्चलता तिमल्सिना
कक्षा १०, नवोदय शिशु सदन