किरियापुत्री भवन उद्घाटन कार्यक्रममा सहयोगीलाई सम्मान गरिँदै ।


हेटौंडाः हेटौंडा–५, पिप्लेकुनामा किरियापुत्री भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको उद्घाटन गर्नुभएको हो ।

शनिबार बिहान ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको समेत उपस्थितिमा भवनको उद्घाटन कार्यक्रम भएको हो । हेटौंडा–५ स्थित पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अग्रसरतामा किरियापुत्री भवन निर्माण भएको हो । भवन निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ, स्थानीय समाजसेवी भैरव सुवेदीबाट २ लाख रुपैयाँ, समाजसेवी केशव सापकोटाबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।