प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै निर्माण व्यवसायी महासंघका प्रतिनीधिहरु ।


हेटौंडाः निर्माण व्यवसाय महासंघ मकवानपुरले जिल्ला प्रसाशन कार्यालय मकवानपुरलाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । बीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियर दरमा अत्यधिक वृद्धि भई निर्माण व्यवसायमा नकरात्मक असर परेको भन्दै महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो ।


सार्वजनिक खरिद क्षेत्रलाई धरासायी बनाउने गरी आएका प्रावधानहरु तत्काल संशोधन गर्न नौं बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । व्यवसाय निर्माणका सामग्रीहरुको मुल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष्य बालगोपाल कँडेलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र पेश गरेको हो । डिजेल, पेट्रोल, ग्यास र फलामजन्य निर्माण सामग्रीमा अप्रत्यासित रुपमा मुल्य वृद्धिको समायोजन सम्बन्धि व्यवस्था कार्यन्वयन गर्न गराउन ज्ञापनपत्र मार्फत् आग्रह गरेका छन् ।


मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको केही बुँदाहरू संशोधनको माग सहित सात प्रदेश महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघद्वारा प्रदेश प्रमुखको कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पेश गरेको छ ।
महासंघले चैत १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव याम कुमारी खतिवडालाई ज्ञापन–पत्र बुझाएको थियो ।