बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत ।

हेटौंडाः हेटौंडा मेयर कप रेपिड (छिटो) बुद्धिचाल प्रतियोगिता २०७८ सुरु भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गर्नुभयो ।

नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा देशभरबाट ५४ जना खेलाडी सहभागी छन् । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले जानकारी दिनुभयो । जसमध्ये २ लाख ५ हजार नगद पुरस्कारमा खर्च गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै चौँथौ र पाँचौलाई १० हजार, छैठौँदेखि दशौँलाई ७ हजार र एघारौँदेखि पन्ध्रौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

यस्तै, उत्कृष्ट ५० वर्ष माथिकोलाई ५ हजार, उत्कृष्ट अनरेटरलाई ५ हजार, उत्कृष्ट महिलालाई ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।