हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त हतियारहरु बुझाउन अनुरोध गरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा हतियार बुझाउन हतियार धनीहरुलाई अनुरोध गरेको हो ।
बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय बमोजिम नै इजाजत प्राप्त हतियार नियन्त्रण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । प्रहरीमा बुझाईएको इजाजतपत्र प्राप्त हरियारहरु निर्वाचन पश्चात् फिर्ता हुने बताईएको छ ।