हेटौंडाः हेटौंडा १ निवासी बिकेशलाल श्रेष्ठले आफ्नो जन्म दिनमा मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । उहाँको श्रीमती, छोरी र साथिहरुसहित सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा उपस्थित हुँदै केक काटी खुसी साटासाट गर्दै जन्म दिन मनाउनु भएको हो ।
सामाजिक क्षेत्रमा समेत सक्रिय रहनु भएको श्रेष्ठले जन्मदिनको अवसरमा मामाघर नेपालमा आश्रीत बालबालिकाहरुको लागि ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । श्रेष्ठले मामाघर नेपाल मकवानपुरमा स्थापनादेखि नै अभिभावकीय भुमिका निर्वाह सडक बालबालिकामुक्त समाज निर्माण गर्न क्रियाशिल भूमिका निर्वाह गर्दै आउनुभएको छ ।