आँखाको शल्यक्रिया गरिएको एक ज्येष्ठ नागरिक ।

हेटौंडाः हेटौंडास्थित मानवसेवा आश्रममा आश्रित ९ जना ज्येष्ठ नागरिकको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । मोतिविन्दु भएका ५ जना महिला र ४ जना पुरुषको आँखाको शल्यक्रिया गरिएको हो ।

आश्रम परिसरमै आँखा शिविरको आयोजना गरेर मोतिविन्दु पहिचान भएका १६ जना मध्ये ९ जना ज्येष्ठ नागरिकलाई हेटौंडा सामुदायिक आँखा अस्पतालले निशूल्क मोतिविन्दुको शल्यक्रिया गरिदिएको हो । बाँकी ७ जनाको आँखाको शल्यक्रिया गर्ने तयारी पनि भइरहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।