साहित्यकार देवराज खरेललाई सम्मान गरिँदै ।

हेटौंडाः साहित्यकार देवराज खरेल, पुष्पाञ्जली गस्ती आमा समूह र संगीतकार लाल श्रेष्ठ सम्मानित हुनुभएको छ । रेडियो थाहा सञ्चारले १४ औं वार्षिकोत्सवको अवसरमा शनिबार खरेल, आमा समूह र श्रेष्ठलाई सम्मान गरेको हो ।

देवराज खरेललाई थाहा साहित्य सम्मान–२०७८ बाट सम्मान गरेको हो भने थाहा समाजसेवी सम्मान–२०७८ बाट हेटौंडा–९ स्थित पुष्पाञ्जली गस्ती आमा समुहलाई सम्पन्न गरिएको हो । यस्तै थाहा संगीत सम्मान–२०७८ बाट लाल श्रेष्ठलाई सम्मान गरिएको छ । देवराज खरेल लामो समयदेखि मकवानपुरमा साहित्य सिर्जनामा क्रियाशील हुनुहुन्छ । हाम्रो मातृभूमि साहित्यिक पत्रिकाका प्रकाशक, सम्पादक खरेल मातृभूमि साहित्य समाजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । खरेलका कृतिहरु पनि प्रकाशित छन् ।

यस्तै समाजमा चोरी, डकैती जस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सक्रिय पुष्पाञ्जली गस्ती आमा समूहले लागुपदार्थ दुव्र्यसनविरुद्ध पनि सक्रियता बढाएको छ । अर्का सम्मानित व्यक्तित्व लााल श्रेष्ठ मकवानपुरका अग्रज संगीतकार हुनुहुन्छ । साताव्यापी वार्षिकोत्सव कार्यक्रमको समापनमा मकवानपुरका साहित्यकारहरुले रचनावाचन समेत गरेको थियो । रेडियो थाहा सञ्चारकी अध्यक्ष अस्मिता सुमार्गीको सभाध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामनारायण विडारीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समापन समारोह भएको हो ।