एक ज्येष्ठ नागरिकलाई सम्मान गर्नुहुँदै मेयर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १४ नम्बर वडा कार्यालय भवन र मयुरधाप सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको उद्घाटन गर्नुभएको हो ।

मयुरधाप सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटनपछि हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईसहित स्वास्थ्य केन्द्रका कर्मचारीहरु ।

वडा कार्यालय भवन ६३ लाख रुपैयाँ र स्वास्थ्य केन्द्र भवन ४५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । भवन उद्घाटन कार्याक्रममा वडा कार्यालयले सहयोगीलाई सम्मान समेत गरेको छ । यसअघि भाडाको भवनमा कार्यालय सञ्चालन गरिरहेको वडा कार्यालय र स्वास्थ्य केन्द्रले आफ्नै भवनमा सञ्चालनपछि सेवा प्रवाह प्रभावकारी र सहज हुने वडा अध्यक्ष खड्काले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको पनि उपस्थिति रहेको थियो ।