विद्यार्थीको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा छहारी युवा सेवा समाजको आयोजनामा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निशुल्क स्वास्थ्य शिविर आइतबार सञ्चालन भएको छ । बालस्वास्थ्य विशेषज्ञ डा. हरि बहादुर खड्काको नेतृत्वमा डा. सगुन थापा, डा. नेहा गुप्ता र अन्य स्वास्थ्यकर्मीको संलग्नतामा स्वास्थ्य परीक्षण शिविर भएको हो ।

शिविरमा २ सय ६५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविर समापन कार्यक्रममा संलग्न स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । क्लब अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा भएको समापन कार्यक्रम डा. हरिबहादुर खड्काको प्रमुख आतिथ्य एवम् विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीको आतिथ्य रहेको थियो ।