हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार १९ जनाको स्वाब नमुना सङकलन गरिएको छ ।
१४ जना पुरुष र ५ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौंलागाईले जानकारी दिनुभयो ।