हेटौंडाः नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर जाने मकवानपुरका १७ जनाको नामावली टुंगेको छ । बिहीबार मकवानपुरबाट प्रतिनिधि बन्न प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ बाट ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

उनीहरु मध्ये १७ जनाको नामावली सर्वसम्मत टुंगिएको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट ४० जना र २ नम्बर क्षेत्रबाट ३० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । यस्तै १ जना दलित प्रतिनिधिमा दुवै क्षेत्रबाट ३ जनाको उम्मेदवारी परेको थियो ।

उम्मेदवारी दिनेहरुसँग बसेको बैठकले १७ जनाको नाममा सहमतिमा भएको हो । १७ जनाको सहमति बन्नेमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ फुर्वा, फुर्वा दोर्जे लामा , जुनेली श्रेष्ठ , सिता विष्ट रहेको छन् । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रतिनिधि बन्न सहमति भएकाहरुमा सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा, महेश बत्तौला, विष्णु ढकाल, वरिना बल र सुमित्रा काफ्ले रहनुभएको छ ।

यस्तै दलित प्रतिनिधिमा नारायण गजमेर सर्वसम्मन चयन भएको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठको भनाई छ । सर्वसम्मत रुपमा प्रतिनिधि बन्नेहरुको नाम आइसके पनि शनिबार मात्रै घोषणा हुने उहाँले बताउनुभयो ।