हेटौंडाः राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा पनि जनगणनाको कार्य सुरु भएको छ । जनगणना कार्यालयका अधिकारीले बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर जनगणनाअन्तर्गत मुख्य प्रश्नावली र विस्तृत विवरण भरेर जनगणनाको कार्य सुरु गरेको हो ।
बागमती प्रदेश जनगणना कार्यालयका कर्मचारीहरु गोपाल ढोडारी र रुद्रबहादुर बोगटीले मुख्यमन्त्री र सभामुखलाई भेटेर मुख्य प्रश्नावली र विस्तृत विवरण भरेका हुन् । सभामुख श्रेष्ठलाई निवासमै भेटेर विवरण भरिएको थियो भने मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्रीको कार्यालयमै पुगेर विवरण संकलन गरिएको हो ।