हेटौंडाः मकवानपुरमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार ९ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि भएन । संक्रमण पुष्टि हुनेमा सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय १२ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा ६ जना कोरोना मुुक्त भएका छन् । होम आइसोलन बस्ने ६ जना कोरोना मुक्त भएका हुन् । जिल्लामा हाल ३७ जना कोरोना सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ जना संस्थागत आइसोलेसनमा र ३६ जना होम आइसोलेसनमा रहेका छन् ।
यो अवधिमा जिल्लामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि ज्यान गएन । जिल्लामा हालसम्म १ सय ६५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।