हेटौंडाः हेटौंडा–१७ मा करेन्ट लागेर नेकपा एकीकृत समाजवादीको हेटौंडा नगर सचिव गिरिजा अधिकारीको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजेको समयमा हेटौंडा–१७ मा बाटो खन्ने क्रममा डोजरको बकेटमा चढेर विजुलीको तार मिलाउने क्रममा ११ हजार भोल्टको करेन्ट लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार ११ हजार भोल्टेजको करेन्टर लागेर २८ वर्षका अधिकारीलाई हेटौंडा अस्पताल ल्याएपछि उनको मृत्यु भएको हो ।