सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण पुष्टि छ । २३ जनामा गरिएको पिसीआर परिक्षणमा ३ जनामा र १ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना, थाहा नगरपालिकाका र मकवानपुरगढी गाउँपालिकाका १–१ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ८ जना पुगेको छ ।

जिल्लामा यसै अवधिमा १२ जना कोरोना मुुक्त भएका छन् । होम आइसोलन बस्ने १० जना र २ जना संस्थागत आइसोसन बस्ने कोरोना मुक्त भएका हुन् । जिल्लामा हाल ७३ जना कोरोना संक्रमितहरु रहेका छन् । जसमध्ये २ जना संस्थागत आइसोलेसनमा र ७१ जना होम आइसोलेसनमा रहेका छन् । यो अवधिमा जिल्लामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि ज्यान गएन । जिल्लामा हालसम्म १ सय ६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।