हेटौंडाः जिल्लाको पूर्वी क्षेत्रको बागमती गाउँपालिकास्थित सूर्य मााविमा रहेको सूर्य स्काउट ट्रुपलाई स्काउट पोशाक सहयोग प्रदान गरिएको छ । नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा स्काउट पोशाक वितरण गरिएको हो ।
सूर्य माविका प्रधानाध्यापक एवम् सूर्य स्काउट ट्रुपका संरक्षक रत्नबहादुर राईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष एवम् स्थानीयस्तरको स्काउट संरक्षक सर्केश घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल स्काउट बागमती प्रदेश समितिद्वारा करिब १ लाख २८ हजार रुपैयाँको स्काउट पोशाक, जुत्ता, मोजा, टोपी, डोरी ३२ जनालाई वितरण गरेको बागमती गाउँपालिका शिक्षा विकास महाशाखाका शिक्षा प्रतिनिधी प्रमोद राईले जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि वडा नं. १ का अध्यक्ष ठगेन्द्र वाईबा, बागमती प्रदेश समिति सदस्यहरु अशोक सारु मगर र महेन्द्र रानालगायतको उपस्थिति रहेको थियो ।