हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाका विद्यालयहरु आइतबारसम्म सञ्चालन हुने भएको छ । बागमती गाउँपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामेश बिडारीले पढाइलाई तिव्र गतिमा अघि बढाउनुपर्ने भएकाले आइतबारसम्म पठनपाठन हुने बताउनुभयो । असोज १८ गते बसेको प्रधानाध्यापक बैठकले असोज २४ गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारीका कारण बन्द भएको विद्यालय ५ महिनापछि गत भदौ २७ गतेबाट खुलेको थियो । दशैंतिहारको बीचमा बन्द हुने विद्यालय यस वर्ष भने छुट्टी कटौती गरी कार्तिक ४ गतेबाट खुल्ने बताउनुभयो । बागमती गाउँपालिकामा ५० सामुदायिक र १ निजी गरी ५१ वटा विद्यालयहरु छन् ।