हेटौंडाः मकवानपुरमा बुधबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३७ जनामा गरिएको पीसीआर परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट ३ जनामा परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । बुधबार ५ जना संक्रमित थपेसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार २ सय ७३ जना पुगेको छ ।
जिल्लामा यहि अवधिमा १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसन बस्ने १२ जना कोरोना मुक्त भएका हुन् । यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय २८ जना पुगेको छ ।
जिल्लामा हाल १ सय १८ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसध्ये १ सय ७ जना होम आइसोलेसन र ११ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।