साहित्यकार तुल्सी थापाले समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता जमुना थिङलाई सम्मान गरिँदै ।

हेटौंडाः साहित्य संगम मकवानपुरको १५ औं अधिवेसनमा सञ्चारकर्मी सहित विद्यालयका प्रचार्य सम्मानित भएको छ । अधिवेसनमा कृष्ण आदर्श बालवाटिकाका प्राचार्य नवीन केसी, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष तथा ज्ञानोदय स्कुलका सञ्चालक श्याम कुमार बानिया सम्मानित भएको छ । यसैगरी समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता जमुना थिङलाई सम्मान गरेको छ । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षता कार्यक्रम भएको थियो । प्रमूख अतिथि साहित्यकार तुल्सी थापाले साहित्य संगम मकवानपुर छाता संगठन भएको बताउनुभयो ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका उपाध्यक्ष अनिता न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । भिमविराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले साहित्यको विकासका लागि साहित्य महोत्सवको आयोजना गरिनुपर्ने बताउनुभयो । यसैगरी साहित्य संगम मकवानपुरका सल्लाहकार आरसी रिजालले साहित्यमा नयाँ पुस्ताको खोजीलाई निरन्तरता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरे, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, नेपाली लेखक संघका अध्यक्ष विष्णु गौतम, साहित्य संगम मकवानपुरक सचिव, नवसर्जक साहित्य चौतरीका अध्यक्ष प्रशन्ना चौलागाई, साहित्यकार सानु खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी नवसर्जकले रचना समेत वाचन गरेका थिए ।