एक बिहान अकबरले वीरबललाई मूर्ख बनाउने बिचार गरे । वीरबल आउनु अघि नै अरु मन्त्री र भारदारहरुलाई एकएकओटा दिए र केही गोप्य कुरा गरे । अब वीरबल आइपुगे तब उनले एउटा घोषणा गरे । मैले आज राति सपनामा एउटा सन्देश पाएको छु ।

आज अहिले जुन जुन मन्त्री पोखरीमा जान्छ र फर्कदा एक एक ओटा अण्डा हातमा लिएर आउँछ त्यो इमान्दार हो तर जसले सक्दैन त्यो बदमास हो । त्यसकारण सबैजना पालैपालो पोखरीमा जाऊ र हातमा अण्डा लिएर आऊ ।” राजाको आदेश पाउना साथ अन्य मन्त्री र भारदारहरु अण्डा लिन गए । फर्कदा सबले हातमा एकएकओटा अण्डा लिएर आए । वीरबलको पालो आयो । उनले पनि पोखरीमा गएर अण्डा खोजे तर कतै थिएन ।

‘यो पक्का पनि राजाको चाल हुनुपर्छ’,उनले मनमनै सोचे । उनी बिना अण्डा फर्किएर सभामा आए र “कुखुरी काँ” गरेर जोड जोड आवाज निकाली कराउन थाले ।

”यो के गरेको ? अण्डा लिएर आऊ भनेको त कुखुरी काँ पो गर्छ ?” राजा च्याँठिए ।
”सरकार १ भालेले पनि कहीँ अण्डा पार्छ र ल्याउने । म त भाले हुँ कुखुरी काँ…..” वीरबल अझै जोडले कराए । अरु मन्त्री र भारदारहरु कालो नीलो भए । अकबर भने जोडले हाँस्न थाले