लेखकः प्रकाश खतिवडा लेखक, बाल कल्याण समाज, मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय बाल संरक्षण संजाल नेपालका सचिव हुनुहुन्छ

राष्ट्रिय बालदिबश २०७८को यस बर्षको नारा सामान्य अबस्थावा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी रहेको छ । सुन्दर,समुन्नत र सभ्य समाजको निर्माणका लागि बालअधिकारको संरक्षण र प्रर्वद्धनमा राज्यलगायत सवैको सक्रियता अत्यन्त आवश्यक हुन्छ । भावी चुनौतीहरुको सामना गर्दै समाज र देशलाई विकासको पथमा अगाडी वढाउन सक्ने नागरिक भनेको आजकाबालबालिका नै हुन् । ति बालबालिकाको बालअधिकार हनन भयो भने बातिनको संरक्षणको हक बाट कुण्ठित भए भने भाबि पुस्ता कस्ता हुने हुन संझदै कहालि लाग्दछ । हामी नगरिक समाज कस्तो क्षमताबान भोलिको देश हाक्ने जनमत तयार गर्दैछौ सबैले ममभनि सोच्नुपर्ने बेलाआएको छ । साथै राज्यलाई कत्तिको जिम्मेबार बनाउदै छौ सोचौ है । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हानि वा जोखिमहरूबाट उनीहरूलाई संरक्षण गर्नु बालसंरक्षण हो । अर्को शब्दमा, बालबालिकाको शारीरिक, मानसिक, संवगोत्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका कुनै पनि कार्य वा व्यवहारबाट उनीहरूलाई जोगाउनु नै बालसंरक्षण हो । बालबालिकाविरुद्ध हुने भेदभाव, दुव्र्यवहार, हिंसा (शारीरिक, मानसिक), शोषण (शारीरिक, यौन, श्रम) बेवास्ता र उपेक्षावा हेलचेक्र्याइ, अपहरण तथाअन्य हानिकारक अभ्यासहरूले बालबालिकामा तत्कालीन र दीर्घकालीन हानि पुग्दछ ।

बालबालिकालाई प्रभावपार्ने विषयमा बालबालिकाले पनि आफ्नो विचार व्यक्त गर्न पाउने, आफ्नो धर्म तथा संस्कृति मान्न पाउने, उनीहरुको विचार र भावनाको कदर ठुला अभिभाबक, दाई दिदि हरुबाट गरिनु पर्ने तथाअन्य सामुहिक भेला, छलफलमा संलग्नता र संगठन खोल्न तथा शान्तिपुर्ण ढंगबाट भेलाहुने र सामाजिक कृयाकलापहरुमा सहभागीहुनपाउने अधिकार नै बालबालिकाको सहभागिताको अधिकार हो । यो अधिकारले बालबालिकाको अरु अधिकार प्राप्तगर्न समेत सहयोग पुग्ने भएकोले यसले समग्र बालअधिकारको क्षेत्रमा विशेष महत्व राख्द्छ । बाल सहभागिता अभिबृद्धि गरे नै बाल संरक्षण पनीगर्न सकिएका प्रसस्त उदाहरणहरु छन् ।

बालअधिकारको सवालगत मुद्दा अन्तर्गत बालसहभागीतालाई परिवार देखी राज्य तहसम्म स्थापित गर्ने अभियानमा नेपालमा राष्टिय संजालको रुपमा कन्सोर्टियम नेपाल क्रियाशिल भईरहेको पाईन्छ । यसका साथसाथै बालसहभागिताको सकारात्मकआन्दोलन देशब्यापि रुपमा सञ्चालन गर्दै आईरहेको कन्सोर्टियम नेपालले पछिल्लो समयमाविभिन्न संजाल, सदस्य संस्था, बालअधिकारकर्मी तथाअभियानकर्ताहरुसँगको समन्वय र सहकार्यमा संविधानमा नै बालसहभागितालाई स्थापितगर्न सकेको हो ।संबिधानमा नै बाल सहभागिताको सुनिश्चितगर्न सक्नु कन्सोर्टियम नेपाल र समग्र बालबालिकाको पैरबिको उपलब्धि हो भनि भन्न सकिन्छ । त्यसैले बालसहभागिताको आन्दोलनलाई अब नयाँ ढंगले अगाडी बढाउन आवश्यक छ र संविधानमा समावेश भएको विषयलाई स्थानिय, प्रादेशिक र संघिय तहमा बन्ने कानुन तथा नीतिहरुमा पनि सम्वोधन गर्न र गराउनको लागि पनि कन्सोर्टियम नेपाल तथा यसका सदस्य संस्थाहरुको अहम र अग्रणी भुमिका रहन्छ । अब सबै प्रदेश र स्थानिय पालिकाको बाल सहभागिता कार्यढाचा तयार गरि बाल संरक्षणका लागि सहभागिताको सुनिश्चित गरिनु पर्दछ । कन्सोर्टियम नेपालको सहजिकरणमा केहि प्रदेश र पालिकाले बाल सहभागिता कार्यढाचा तयार गरि कायान्वयमाआईसकेको छ भने अन्यप्रदेश र पालिकाले बालसहभागिता कार्यढाचा तयारगर्ने प्रकृयामा रहेको पाईन्छ । कानुनमा लेखिएका बिषयलाई अक्षरस पालनागर्नु सरकार र नागरिक समाजको दायित्व र कर्तब्यहुन आउछ ।

बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक तथा बौद्धिक विकासमा गम्भीर नकारात्मक असर पार्ने खालका कार्य वा व्यवहारबाट उनीहरुलाई जोगाउनु नै बालसंरक्षण हो । अर्को शब्दमा भन्दा बालबालिका माथि हुने सबै खालका हानी नोक्सानीहरुबाट उनीहरुलाई सुरक्षा दिनु बालसंरक्षण हो । बाल संरक्षण भनेको उपेक्षा, हिंसा, दुव्र्यवहार र शोषणबाट बालबालिकालाई जोगाउनु हो भनेर व्याख्या गरेको पनि पाइन्छ । बाल संरक्षणको मुद्धालाई अघि बढाउदै बाल संरक्षणको सुनिश्चितताको लागि नेपाल भरि कै बाल संरक्षणको क्षेत्रमा कृयाशिल सस्थाहरुको छाता संगठनको रुपमा रहेको राष्ट्रिय बाल संरक्षण संजाल नेपाल कृयशिल भएको पाईन्छ । यसले बालबालिकालाई जोगाउन, सुरक्षा र संरक्षणगर्न सरकारलाई नितीबनाउन र कार्यनिति बमोजिम कार्यक्रम संचालन गर्न समन्वय र सहकार्य गर्दै आईरहेको पाईन्छ ।

बालबालिका माथि उसका बाबुआमा, अभिभावकको वा परिवारको आर्थिक वा सामाजिक हैसियत, वर्ग, जातजाति, लिङ्ग, भाषा, धर्म, राजनीतिकआस्थावाअन्यविचारहरु, जातियवा सामाजिक उत्पति, सम्पति, अशक्तता, जन्मवाअन्य हैसियत लगायतका आधारमा भिन्न तथा फरक फरक प्रकारको असमान व्यवहार गर्नु भेदभाव हो । त्यस्तै बालबालिका माथि निजको रुप, शारीरिक वा मानसिकअवस्था, लिङ्ग, रङ्ग वा वर्ण, जाति, धर्म, विचार वाआस्था, भौगोलिक प्रतिनिधित्व (तराई वा पहाड) आदिकाआधारमा पनि भेदभाव भएको पाइन्छ ।

कोभिड १९ को महामारिबाट धेरै बालबालिकालाई शिक्षाको अबसर बाट बन्चित, यौन दुब्यबहारको प्रताडना, आफ्नै घरमा हिंसा लगायतका समस्याबाट गुज्रिनु परेका हामी सबैमा सर्बबिदितै छ । बालबालिकाको शारीरिक, मानसिकवाबौद्धिक, भावनात्मकवा संवेगात्मक र सामाजिक विकासमा तत्काल वा दीर्घकालीन रुपमा आघात पुर्‍याउने नकारात्मक व्यवहार वा क्रियाकलापहरु बालदुव्र्यवहार हो । अधिकांश अवस्थामा खासगरी आमाबुबा, अभिभावकले उपयुक्त स्तरको सेवातथा संरक्षण दिन नसकेको वा बेवास्ता गरेको कारणबाट बालबालिकाले दुव्र्यवहार भोग्नु परेको पाइन्छ । प्रायःवयस्कले बालबालिका माथि दुव्र्यवहार गर्दछन् तर कतिपय अवस्थामा बालबालिकाले पनि अरु बालबालिका माथि दुव्र्यवहार गर्न सक्छन् । बालदुव्र्यवहार अन्तर्गत भावनात्मक दुव्र्यवहार, शारीरिक दुव्र्यवहार, यौन दुव्र्यवहार, बेवास्था वा उपेक्षा, हेलचेक्र्याइ, मौखिक दुव्र्यवहार आदि पर्दछन् ।

बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो । नेपालमा कानुनले बालबालिकालाई उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरु तोकेको छ । अर्थात १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने तथा १६वर्ष पूरा गरेका बालबालिकालाई प्रकृया पुर्‍याएर हप्ताको ६ दिन दैनिक ६ घण्टामध्ये आधा घण्टा विश्राम पाउने गरी कानूनबालश्रम निषेध र नियमित गर्ने ऐनले तोकेको काममा लगाउन पाउने प्रावधान रहेको छ । नेपाललाई नै बालश्रम मुक्त राष्ट्र घोषण गर्ने अभियानमा राष्ट्रिय बाल संरक्षण संजाल नेपालकार्य गरिरहेको छ । यसले आफ्नो थिमेटिक क्षेत्र पहिचानगरि बालश्रमको अन्त्य,बिपदमा बालबालिका र बाल संरक्षण प्रणालिको सुदृढिकरण को लागि संघीय मन्त्रालय, प्रादेशिक सामाजिक बिकाश मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद र सरोकार बालानिकायहरुसंग समेत सहकार्य गर्दैअघि बढेको पाईन्छ । बिशेष गरि स्थानिय स्तरको निति तर्जुमामा पैरबि, सहयोग र सहकार्य गर्दै टोल, बडा र पालिकालाई बालश्रम अन्त्यको घोषणा गर्दै सिगाें देशलाई नै बालश्रम मुक्त राष्ट बनाउने कार्यमायो दृढताका साथअफ्नो थिमेटिक क्षेत्रमा कृयाशिल भएको पाईन्छ ।

नेपालको सन्दर्भमा १८ वर्ष मुनिका बालबालिकाले उनीहरुको स्वास्थ्य, शारीरिक, मानसिक, बौद्धिक, नैतिकतथा सामाजिक विकासमा नकारात्मक प्रभाव पर्ने गरी तथा उनीहरुको शिक्षा प्राप्त गर्ने अधिकार कुण्ठित हुने गरी गरिने काम बालश्रम हो । बालबालिकालाई सामाजिकीकरण गर्न, सीपहरु सिक्न, सिकाउनका लागि तथा उनीहरुको संरक्षण हुने गरी आफ्नै घरमा वा विद्यालयमा वा समाजमा गरिने काम जसले उनीहरुको शारीरिक, मानसिक विकासमा नकारात्मक असर गर्दैन भने त्यसलाई बालश्रम भनिदैन ।
बालबालिकामा खर्च होईन लगानि गर्नु पर्दछभन्ने बारेमा सचेत हुनु पर्दछ । राज्यको तिनै तहमा बालबालिकाको क्षेत्रमा लगानि गर्ने लगानि योजना हुनु पर्दछ । सबै स्थानिय तहको बाल संरक्षण नितिबन्नु पर्दछ । हरेक गाउपालिका र नगरपालिका बाल मैत्रिहुनु पर्दछ जस्को लागि योजना बद्ध रुपमा लक्ष र कार्ययोजना हुनु पर्दछ । आबाजबिहिन बालबालिकाकाआबाजहरु बुलन्द गर्न सकिएको छैन । कानुनको कार्यान्वयनको अभाबले कानुन निरिह बन्दै गईरहेको आभाष हुदै छ । बालबालिकाको आबाज उठाउने नागरिक अगुवाहरुलाई राज्यले बालअधिकारको संरक्षणको सबालमा कार्यगत एकता समन्वय र सहकार्य गर्दै के गर्दा बालअधिकारको सम्बर्धन गर्न सकिन्छ छलफल चलाउनु पर्नेमाखासै आशा गरेजस्तो उपलब्धि हासिल हुन सकेको पाईदैन । नागरिक समाजले बाल सहभागिताको सुनिश्चितगर्दै बालअधिकारको संरक्षण र सम्बर्धनको सबालमा राज्यको भुमिका दरिलो भएको हेर्ने उत्कट अभिलाषा बोकेको पाईन्छ ।

राष्ट्रिय बालदिबश २०७८ को नारा सामान्यअबस्थावा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी रहेको छ । यस अबसरमा सबैलाई बालबिकाश, बाल सहभागिता तथा बालअधिकारको संरक्षण र सम्बर्धन कार्यमा सरिक हुन बालअधिकार कर्मिको नाताले आग्रह गर्न चाहन्छु । घन्यबाद ।