एक पटक अकबर र वीरबल केही सिपाहीहरुलाई साथमा लिएर शिकार खेल्न गएका थिए । शिकार गरेर फर्कने क्रममा अकबरलाई गाउँको हालखबर जान्न मन लाग्यो । उनीहरु गाउँको बीच भागमा गए । त्यहाँ धेरै मानिसहरु भेटिए । एउटी युवती उभिरहेकी थिइन् । अकबर उनीसँग सोधे “तिम्रो नाम के हो ?”
“गङ्गा ।”
“तिम्रो पिताजीको नाम के हो ?”
“जमुना ।”
“त्यसो भए आमाको नाम चाँहि सरस्वती होला हैन ?”
“हैन हजुर,आमाको नाम त नर्भदा हो ।”
वीरबल चिच्याए,“महाराज भागौ“ । नाऊ छ भने ठीक पारुँ,हैन भने डुबानको खतरा बढ्यो ।”
अकबर मात्र होइन वरिपरि बसेका सबै जना पेट मिचिमिची हाँसे ।