हेटौंडाः मकवानपुरमा ३३ जनामा कोरोना पुष्टि भएको छ । बुधबार १६ जना महिला र १७ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्दन महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको छ ।

हेटौंडाका ३० जना, भीमफेदीका २ जना र जिल्ला बाहिरको एक जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । उहाँका अनुसार हेटौंडा बाहेकका अन्य स्थानीय तहमा भएको ऐन्टिजेन रिपोर्ट भने समावेश गरिएको छैन । ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको चौलागाईले बताउनुभयो ।