हेटौंडाः बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्खमन्त्री निवास छाडेका छन् । बृहत मोटरसाइकल र्यालीसहितको तामझामले एमाले कार्यकर्ताहरुले निवर्तमान मुख्यमन्त्रीलाई उनकोे निजी निवाससम्म पुर्याएका थिए ।
हेटौंडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बसे । ४३ महिना प्रदेश सरकारको नेतृत्व गरिरँहदा प्रदेशको १३ जिल्लालाई कसैले पनि औँला उठाउन नसकेको उहाँले बताउनुभयो । १३ वटौ जिल्लामा विकासका कामहरु भएको भन्दै प्रदेशलाई पनि गति दिएको उहाँले बताउनुभयो ।
संघीय सरकार र माथिल्लो तहमा बस्ने नेताहरुलाई एकताको सन्देश दिन राजीनामा दिएका पूर्व मुख्यमन्त्री पौडेलले पछिल्लो केही समयदेखि नै यसको लागि तयारी भइरहेको बताउनुभयो । देख्दा अकास्मात यस्तो देखिन् सक्छ, तर यस्तो भएको हैन, सबै व्यवस्थित रुपमा भएको उहाँले भन्नुभयो ।
पूर्व मुख्यमन्त्री पौडेलले आफ्नो निजी निवासमा पुगेर पदमा नभएपनि जनताको सेवा गरिरहने बताउनुभएको छ । स्थानीय चुनाव नजिकिदै गरेको भन्दै अब जनताको घरघरमा पुग्ने वातावरण बनेको उहाँले भन्नुभयो ।













