फाइल तस्बिर

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यले सपथ लिनुभएको छ । बुधबार राती साढे ९ बजेको समयमा प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईबाट शाक्यले सपथ ग्रहण गर्नुभएको छ । शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री समेत बन्नु भएको छ ।

यसअघि डोरमणि पौडेलले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । बुधबार राती ९ बजे बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख प्रसाईले पौडेलको राजीनामा स्वीकृत गर्नुहुँदै शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै आजै दुईजनालाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।