फाइल तस्बिर


हेटौंडाः मकवानपुर प्रहरीले मास्क नलगाई हिड्ने १ सय ६३ जनालाई जनहरी एक सय रुपैयाँ जरिवाना गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लंघन गर्ने उनीहरुलाई कारबाही गरेको हो ।

यस्तै प्रहरीले सोमबार जिल्लामा निषेधाज्ञाको अवज्ञा गर्दै पसल सञ्चालन गरेका १७ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । प्रहरीले मास्क वितरण अभियान अन्तर्गत ६७५ थान मास्क वितरण समेत गरेको छ ।