हेटौंडाः मकवानपुरमा सोमबार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको अनुसार ७४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो भने ११ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो ।
जिल्लामा सोमबार दिउँसो २ बजेसम्म ७८ जना संक्रमितहरु निको भएका छन् । अहिले जिल्लामा ११ सय १८ जना सक्रिय संक्रमित रहेको छ ।