नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ र संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच भेटवार्ता हुँदै ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ र संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच भेटवार्ता भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमै पुगेर नेता बानियाँले राज्यमन्त्री श्रेष्ठलाई भेट्नु भएको हो ।

भेटका क्रममा सभापति बानियाँले मकवानपुरका लागि कोरोना विरुद्धको खोप ५० हजार डोज उपलब्ध गराउन राज्यमन्त्री श्रेष्ठसँग आग्रह गर्नुभएको बताइएको छ । बानियाँको सचिवालयले सोमबार साँझ राज्यमन्त्री श्रेष्ठ र नेता बानियाँबीच भेटवार्ता भएको जानकारी गराएको छ । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको पनि बानियाँको सचिवालयले जनाएको छ ।