हेटौंडाः बामगती प्रदेशको शुक्रबार बसेको प्रदेश सभा बैठकमा बाढीपहिरो र खोपको विषय उठान भएको छ । सांसदहरुले विशेष समयमा मनसुनमा भइरहेको विपद्को विषयमा आवाज उठान गरेको हुन् ।
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद युवराज दुलालले प्रदेश सरकारले बाढीपहिरोबाट मृत्तक तथा बेपत्ता भएको परिवारहरुलाई आर्थिक सहायत गर्नुपर्ने बताउनुभयो ।
उहाँले मेलम्ची, हेलम्बु र पाँचपोखरीमा तत्काल बेलिब्रजको आवश्यकता भएको सदनमा जानकारी गराउनुभयो । जेनेरेटरको व्यस्थाप गरेर टेलिफोन, विद्युतको पोलहरु र तार व्यवस्थित गरेर बिजुली बाल्न सक्ने बातावरण बनाउनुपर्ने भन्दै क्षति भएका विद्यालयहरु संचालन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै सांसद रमेश पौडेलले सिन्धुपाल्चोकमा बस्तीय बस्न योग्य र अयोग्य क्षेत्र छुट्टाएर जनतालाई सुसुचित गराउनुपर्ने माग राख्नुभयो ।
सांसद सुरेन्द्रराज गोसाईले सधै बाढीपहिरोले क्षति जाने हुँदा भुर्गव विदहरुले छलफल गरी अध्ययन गर्न आवश्यक भएको औल्याउनुभयो । सांसद घनश्याम दाहालले जेष्ठ नागरिकले पहिलो डोज कोरोनाको खोप लगाएको भएपनि दोस्रो डोज कहिल्ये लगाउने भनेर प्रदेश सरकारसँग प्रश्न गर्नुभयो । ३ महिना खोप लगाएको भइसकेकोले दोस्रो खोप कहिल्ये लगाउने सरकारसँग जवाफ माग गर्नुभएको छ । सांसद विशाल खड्काले निषेधाज्ञा खुकुलो हुँदै गएपनि खोपको व्यवस्थपन किन भएन भनेर प्रश्न गर्नुभयो । उहाँले दोलखाका दुई स्थानीय तहले आफ्नै पहलमा चिनिया सरकाले ७२ सय खोप व्यवस्थापन गरेको बताउनुभयो ।
उनले प्रदेश सरकारले विपद्मा सुचना संकलन र अवलोकन बाहेक केही गर्न नसकेकोमा दुःख व्यक्त गरे । सांसद दिपेन्द्र श्रेष्ठले पहिलो डोज खोप लगाएकाहरुले खोपको दोस्रो डोज लगाउने अवधिक सकिएको सुन्नमा आएको भन्दै खोप व्यवस्थान गर्न सरकार सफल बन्न सुझाव दिनुभयो ।
सांसद रिना गुरुङले अहिले नारायणी नदीको तटिय क्षेत्र वरपर बस्तीको व्यवस्थापन गर्न नसकेको निकट भविष्यमा ठुलो क्षति पुग्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । यस्तै प्रदेश सभाको प्रदेश मामिला समितिले सिन्धुपाल्चोकको बाढी पहिरोको स्थलगत अवलोकन प्रतिवेदन सदनमा पेश गरेको छ ।