सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचाररत २ जनाको मृत्यु भएको अस्पतालको सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ९ का ६५ वर्षीय पुरुष र बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ९ का ७५ वर्षीया महिला रहेका छन् । यस्तै अस्पतालबाट २ जना महिला र २ जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

यसैगरी अस्पतालमा शुक्रबार ११ जना महिला र १२ जना पुरुष गरी २३ जना संक्रमित उपचाररत रहेका छन् । जसमा ३ जना आइसियू कक्षमा, १३ जना एचडियू कक्षमा, १ जना आकस्मिक कक्षमा र ६ जना भने उपचार पश्चात स्वास्थ्य अवस्था सामान्य भएकाले आईसियू कक्षबाट निकालिएको सुचना अधिकारी झाले बताउनुभयो ।