राजा अकबरको दरबारभन्दा निकै पर एउटा गाउँ थियो । त्यस गाउँमा कपूरदास नाम गरेको एक गरीब थिए । अनुहार नराम्रो भएका र गरीब पनि भएकाले उनी सबैको सधैको लागि हेलाका पात्र थिए । त्यस गाउँका मानिसहरु कपूरदासलाई अलच्छिनी भन्थे । कते जादा उनको अनुहार देखियो भने साइत पर्दैन भनेर मानिस उनलाई गाली गर्दै फर्कन्थे । उसलाई त्यस गाउँबाट नधपाउने हो भने अनिष्ट नहट्जे कुरामा धेरैको सहमति थियो । त्यस गाउँका मानिसले राजा अकबरकहा उजुरी गरे । उनीहरुले कपूरदासलाई गाउँबाट निकाल्ने सजाय मागेका थिए । राजाले कपूरदासको झुपडीमा गएर ढोका ढकढक गर्दा कपूरदास पनि थिएनन् । आफ्नो झुपडीमा ढोका ढकढक गरेको सुनेपछि उनी आखा मिच्दै उठे । उनले को आएको हो भनेर पनि चिनेनन् । केवल नमस्कार गरेर उभिए ।

“ए तिमी हौ कपूदास ।” तिमीलाई मनहुस (अलच्छिनी) भनेर उजुरी परेको छ । म स्वयं तिमीलाई भेट्न आएको हुँ । के हुन्छ त तिमीलाई भेट्दा भन्ने विचार गर्नू राजाले भने । कपूरदासले आफुलाई गाउँलेहरुले गरेको अत्याचार सुनाए । राजा विदा भएर फर्के । संयोग पनि अचम्मको हुने रहेछ । दरबारमा पुगेर आसनमा बस्ने बेलामा राजाको खुट्टामा बिच्छीले टोकिदियो । राजा बेहोश भए । राजावैद्यहरुले बिच्छीको विष निकालेपछि राजालाई सन्चो भयो । उनले सिपाहीलाई बोलाएर कपूरदासलाई गिराफ्तार गर्ने आदेश दिए । केही समयपछि नै कपूरदिासलाई सिपाहीहरुले हिरासतमा ल्याएर थुने । राजाले आदेश दिए, “त्यसलाई देश निकाला गरिदिनु ।”

वीरबल सभामा भाग लिन दरबारमा आउँदै गर्दा कपूरदासलाई सिपाहीहरुले घिसारिरहेको देखे । वीरबलले कारण खोजे । सिपाहीहरुले राजाको आदेश सुनाए । कपूरदासले वीरकबललाई चिने । उनी चिच्याए “ मलाई अन्याय भयो प्रधानमन्त्री ज्यू ! मलाई बचाउनुहोस् ।”वीरबल सरास। सभामा पुगे । उनी अरुभन्दा ढिला पनि भएका थिए । वीरबल पुग्नसाथ अकबरले कपूरदासलाई आफुले कपूरदासलाई उचित दण्ड दिएको धाक लगाए । अन्य मन्त्री र भारदारहरुले ताली बजाए । वीरबलले भने ताली बजाएनन् उनी केवल उभिएर केही सोचिरहे ।

“वीरबल ! किन किन निन्याउरो मुख बनाएको रु आफूविना पनि न्यायिक फैसला हुँदोरहेछ भन्ने तिमीलाई लागेन?”अकबरले प्रश्न गरे । “सम्राट ! मेरा अनुहार मलिनो पछाडी दुई ओटा कारण छन् । पहिलो, सम्राटलाई बिच्छीले डसेर दःख दिएछ भन्ने अनि दोस्रोचाँहि त्यो गरीब नागरिकलाई दःख पायो भन्ने हो ।” वीरबल बोल्दाबोल्दै अड्किए । “सकियो कि केही बाँकी छ ?” राजाले सोधे । “हजर ! मेरा तीन ओटा प्रश्नहरु छन् । दुइ ओटा सम्राटलाई र एउटा कपूरदासलाई ।”वीरबलले सबैतिर आँखा घुमाउँदै भने । “ के प्रश्न हो भन? ”, अकबरले सोधे । “पहिलो प्रश्न , हजुरलाई बिच्छीले टोक्नुको कारण के हो?”

“बिहान बिहान त्यो अलच्छिनी कपूरदासको मुख हेर्नु !” अकबरले जवाफ दिए । “दोस्रो प्रश्न कपूरदाससँग छ ; म कपूरदाससँग प्रश्न गर्न सक्छुरु” वीरबलले अनुमति मागे । “हुन्छ तर केको लागिरु मैले त उसलाई सजाइ सुनाइसके ”, अकबरले भने । “हजुर ! दोषीलाई सजाय दिन केही ढिला भएर खासैप फरक पर्दैन तर एउटा निर्दाेषीले सजाय पायो भने पाप लाग्छ ।”अकबरले अरु भारदारहरुतिर आँखा घुमाउदै भने । “यसको मतलब कपूरदास छ भन्ने तिम्रो दावी ?”अकबरले राताराता आँखा पार्दै सोधे । “ हैन सम्राट ! ऊ के छ भन्ने कुरा अहिलै पत्ता लाग्छ ।” वीरबलले भने । वीरबलको कुरा सुनेपछि कपूरदासलाई त्यहीँ ल्याइयो । धेरैले कपूरदासको अनुहार देख्नुपर्ला भनेर भूइँतिर हेरे । वीरबल भने उसैको छेउमा पुगे र अँगालो हाल्दै सोधे ,“कपूरदास ! आज बिहानै हाम्रो सम्राट अकबरलाई बिच्छिले डसेछ । आसाध्यै दुःखद घट्ना घटेछ ?” वीरबलले भने ।

“हो हजुर !” कपूरदासले भने । “महाराजलाई बिच्छिले टोकेको भन्दा पनि अर्काे भयानक घट्ना घटेको छ यो कुरा कसैलाई थाहा छ ।” वीरबलले भारदार र सम्राटतिर फर्केर सोधे । सबैले मुखामुख गरे तर कसैले केही भन्न सकेन । “महाराजलाई बिच्छीले टोक्यो जसको उपचार राजवैद्यहरुले गरिदिए तर यो विचराले देश निकालाको सजाय पाएको छ । यो घट्नासँग उसको पनि लच्छिन र अलच्छिनको कुरा होला नि । अब मेरो वास्तविक तेस्रो प्रश्न कपूरदाससँग छ , सोधूँ ?”वीरबलले अनुमति मागे । अकबरले टाउको हल्लाएर सहमति दिए । “ हे कपूरदास ! तिमीले यो भयानक सजायँ पाएको दिन बिहानै सबैभन्दा पहिले कुन अलच्छिनको मुख देखेका थियौ भन त ?” वीरबलले सोधे ।

“मन्त्रीज्यु ! माफ गर्नुहोला ।मैले एकाबिहानै सबैभन्दा पहिलो मुख महाराज कै देखेको हुँ ”,कपूरदासले हात जोडेर जवाफ दिए । “महाराज ! यो अकबरको राज्य हो जहाँ वीरबल पनि छ । न्याय एकोहोरो हुँदैन । यसको दुःखको कारण कसलाई सजाय दिने?” वीरबलले प्रश्न गरे । अन्य मन्त्री र भारदारले जिब्रो टोके । राजा अकबर बौलाहाजस्तो भएर यता र उता गर्न थाले । कोही—कोही नबोलेर निकै शुन्यता छायो । “वीरबल ठिक भन्दैछन् ।कपूरदासको सजाय रद्द भयो”,अकबरले घोषणा गरे । कपूरदासले जय गान गरे । सिपाहीहरुले उनलाई उनकै घरमा पुर्‍याइदिए ।