हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरूद्धको १६ औं विश्व चेतना दिवस’ को अवसरमा सम्पूर्ण जेष्ठ नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले प्रत्येक वर्षको १५ जुनका दिन यो दिवस मनाउने गरिएको भन्दै ज्येष्ठ नागरिक हामी सबैका अग्रज, बाटो देखाउने गुरु जस्तै भएको बताउनुभयो । उहाँहरुसँग धेरै सीप, कला र ज्ञान हुन्छन्, त्यसलाई नयाँ पुस्ताले लिन सक्नुपर्ने मन्त्री बस्नेको भनाई छ ।

प्रदेश सरकारले पनि ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि काम गर्न, उहाँहरुको अनुभव आदानप्रदान र सीप हस्तान्तरणका कार्यक्रमहरु र उहाँहरुको सम्मानमा नीतिगत एवं बजेटको व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो ।

ज्येष्ठ नागरिकहरुलाई दुव्र्यवहार होइन माया र सम्मान गरौं भन्ने आग्रह गर्दै दिवसको अवसरमा मन्त्री बस्नेतले सबै ज्येष्ठ नागरिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।