Home मुख्य समाचार जेष्ठ नागरिकलाई दुव्र्यवहार हैन माया गर्नुपर्छः मन्त्री बस्नेत

जेष्ठ नागरिकलाई दुव्र्यवहार हैन माया गर्नुपर्छः मन्त्री बस्नेत

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरूद्धको १६ औं विश्व चेतना दिवस’ को अवसरमा सम्पूर्ण जेष्ठ नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले प्रत्येक वर्षको १५ जुनका दिन यो दिवस मनाउने गरिएको भन्दै ज्येष्ठ नागरिक हामी सबैका अग्रज, बाटो देखाउने गुरु जस्तै भएको बताउनुभयो । उहाँहरुसँग धेरै सीप, कला र ज्ञान हुन्छन्, त्यसलाई नयाँ पुस्ताले लिन सक्नुपर्ने मन्त्री बस्नेको भनाई छ ।

प्रदेश सरकारले पनि ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि काम गर्न, उहाँहरुको अनुभव आदानप्रदान र सीप हस्तान्तरणका कार्यक्रमहरु र उहाँहरुको सम्मानमा नीतिगत एवं बजेटको व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो ।

ज्येष्ठ नागरिकहरुलाई दुव्र्यवहार होइन माया र सम्मान गरौं भन्ने आग्रह गर्दै दिवसको अवसरमा मन्त्री बस्नेतले सबै ज्येष्ठ नागरिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

Exit mobile version