हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा उल्लंघन गर्ने २२ सवारी र ६१ सवारीको कागजपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङटोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन मोटरसाइकल/स्कुटर, अटो गरी २० वटा सवारी साधन लाई नियन्त्रणमा लिएको हो ।
६१ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिएकोमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम २० वटा सवारी साधनलाई जनही दुई देखी पाँच हजारको दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
निषेधाज्ञा उल्लंघन गरी पसल संचालन गर्ने हेटौंडा १० को एक पसलेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार ५ हजार जरिवाना गरेर छोडेको छ ।