लेखौ के कविता आज लेखनिय नै विषाक्त भो…….२
मसिमा नै मिसावट छ विम्भमा छेद प्रश्न भो
समाजमा झुठा बादल दौडिराछन् जताततै
जन्जिरमा बसी कानु गर्छ हुङ्कारले मातिदै
शुन्य कानहरु सारा बइरीका बसमा परे
टुक्रा टुक्रा गरी देश पार्न भान्छे अघि सरे
धोति लगाएर खेताला भान्छा गई झुम्मिए
आफ्नालाई पछि पारी नयाँको पेट भरिदिए ….२
सकुनीहरु उफ्रिन्छन् डङ्का फेरि बजाउँदै …२
बचाउ गदर्छ भान्छे जुँगामा ताउ लगाउँदै
के लेख्नु कविता आज कोरोना छ मुहारमा
च्यापिएर बसेकी छु कोठा अन्धकारमा ।
हेटौंडाः बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबारको छलफल सकिएको छ । छलफलमा भाग लिदै कांग्रेस सांसद गिता वाग्लेले सदनमा कविता नै बाचन गर्नुभएको थियो ।