विपन्न परिवारलाई वितरणका लागि राखिएका खाद्यान्न ।

हेटौंडाः इस्थर बेन्जामिन स्मृति संस्थाले मनहरी गाउँपालिकाको समन्वयमा मनहरी–६ सुनाचुरी, डिपाड नयाँबस्तीमा १२० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । चाइल्ड रेस्क्यु नेपालको सहयोगमा इस्थर बेञ्जामिनले शुक्रबार खाद्यान्न वितरण गरेको हो ।

खाद्यान्न वितरण गर्नुहुँदै इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम अधिकृत दिनेश हुमागाई ।

प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ केजी नुन, २ केजी चना, १ लिटर तेल र साबुन सहयोग गरेको इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापन बुद्धवीर लामाले जानकारी दिनुभएको छ । विपन्न परिवारका बालबालिकाको शिक्षामा पहूँच स्थापित गर्न क्रियाशील इस्थर बेञ्जामिन स्मृति संस्थाले कोरोना महामारीका बेला विपन्न परिवारका बालबालिका लक्षित गरी सहयोग कार्यक्रम गरिरहेको छ । संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री पनि वितरण गर्दै आएको छ ।