हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाद्वारा कोभिड १९ सम्बन्धी प्रतिकार्यका लागि अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्टले थाहा नगरपालिकाका मेयर लवसेर विष्टलाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तण गर्नुभएको हो ।
रेडक्रसका बज्रवाराही, पालुङ र दामन उपशाखालाई समुदायस्तरमा वितरणका लागि मास्क वितरण गरिएको छ । रेडक्रस मकवानपुरबाट १० वटै स्थानीय तहहरु तथा २७ वटै उपशाखाहरु, स्वास्थ्य तथा सुरक्षाकर्मी, पत्रकार, आइसोलेसनहरु लगायतलाई मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिदै आएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्वर वास्तोला, सदस्य हरिकृष्ण कार्की, थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, रेडक्रस बज्रवाराहीका सभापति सानुकाजी गोपाली, पालुङका सभापति केदार विडारी, दामनका कोषाध्यक्ष राजाराम रायमाझी, रेडक्रस मकवानपुरका शाखा अधिकृत लक्ष्मण भट्टराई, लेखापाल रामजी खतिवडा, थाहा नपाका सुचना अधिकारी सुरजकुमार भुजेल लगायत सेवाग्राहीको उपस्थिति रहेको थियो ।