हेटौंडाः मकवानपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले आज सार्वजनिक गरेको विवरण अनुसार हिजो स्वाब नमूना संकलन भएको १३९ जनाको कोरोना पीसीआर परीक्षण गर्दा २१ म्हिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडाका ४८ जना र मनहरीका २ जना रहेका छ्न । संक्रमित ५० मध्ये ५ जना बालबालिका पनि रहेको उपमहागरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।