हेटौंडाः मकवानपुरमा शुक्रबार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप १ सय १२ जना संक्रमितले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ६ जना र आइसोलेसनबाट ६ जना गरी थप १ सय १२ जनाले कोरोना जितेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोना संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा बढी १ सय १ जना रहेका छन् । यसैगरि मकवानपुरगढीका ९ जना, मनहरी, भीमफेदी र कैलाशका २ २ जना तथा बागमती र राक्सिराङका १ १ जना रहेको कार्यालयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ८ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा बढी १ सय १८ जना रहेका छन् । यसैगरि थाहा नगरपालिकाका १८ जना, मकवानपुरगढीका ११ जना, राक्सिराङका ९ जना, भीमफेदीका ८ जना, मनहरीका ६ जना, ईन्द्रसरोबरका ३ जना र कैलाशका १ जना रहेको कार्यालयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ ।

जिल्लामा हाल २ हजार ३ सय ६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार २ सय ४६ जना घरमा र १ सय २३ जना आइसोलेसनमा उपचारत रहेको कार्यालयले जनाएको छ ।