हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको आज शुक्रबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा दिउँसो ४ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दलित आन्दोलनका हस्ती विश्वकर्मालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनीसहित पछिल्लो २४ घण्टामा मकवानपुरमा ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।