हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेका हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा कोरोना भाइरस परीक्षणका लागि बिहीबार ७४ जनाको स्वाब संकलन गरिएको छ । बिहान ६ बजेदेखि ८ बजेको समयमा स्वाब संकलन गरिँदै आएको छ ।
जिल्लास्थित स्वास्य संस्थाबाट परीक्षणका लागि सिफारिस भएर आएका व्यक्तिको स्वाब नमूना संकलन गरी दैनिक रुपमा परीक्षण गरिँदै आएको स्वाब नमूना संकलन केन्द्रका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । निषेधाज्ञा तथा आज पानी परेका कारण कोरोना संक्रमण परीक्षणका लागि स्वाब नमूना दिन आउने सर्वसाधारणको संख्यामा कमि आएको चौलागाईको भनाइ छ ।
गोरक्षेश्वर स्वाब नमुना संकलन केन्द्रले दैनिक रुपमा स्वाब संकलन गरी परिक्षणका लागि प्रयोगशाला पठाउनुका साथै प्राप्त नतिजालाई सार्वजनिक गर्दै आएको छ ।