बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडल मतदान गर्दै ।

हेटौंडाः राष्ट्रिय सभाको रिक्त सदस्यको लागि भएको उपनिर्वाचनमा अब ६४ मत खस्न बाँकी रहेको छ । हेटौंडाको भुटनदेवि माविमा जारी मतदानमा कुल ३४७ मतदतामध्ये ६४ मत खस्न बाँकी भएको निर्वाचन प्रमुख डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभाका अधिकांश सांसदहरुले मत खसालेका छन् । प्रदेश सांसदको एक मत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार हुन्छ ।

बागमती प्रदेशका १०९ सांसद मध्ये ३ जना विवेकशील साझा पार्टीका सांसदहरुले मतदान नगर्ने भएका हुन् । अहिले हेटौंडाको भुटनदेवी माविमा मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मतदान स्थल भुटनदेवि माविमा मत गणना गरिने निर्वाचन प्रमुख डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । मतगणना भने भर्चुअल माध्यमबाट सार्वजनिक गरिनेछ ।