हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाबाट भक्तपुर अस्पताललाई थप १२ थान अक्सिजन सिलिन्डर पठाइएको छ । गएराति अतिआवश्यक भएपछि १२ थान सिलिन्डर पठाइएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।
यसअघि भक्तपुर अस्पतालाई १५ र २५ थान अक्सिजन सिलिन्डर हेटौंडाबाट पठाइएको थियो । बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सबै जिल्ला अस्पतालाई १५ देखि २५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको उहाँले बताउनुभयो ।