हेटौंडाः मकवानपुरमा बुधबार दिउँसो २ बजेसम्म २१३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार १ सय ७७ जनाको पिसिआर र ३६ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।
सबैभन्दा धेरै हेटौंडाको १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्ले २४ घण्टामा जिल्लामा कोरोना का कारण ३ जनाको ज्यान गएको छ । जिल्लामा २ हजार जना सक्रिय संक्रमित छन् ।