हेटौंडाः नेपालमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण बढ्दो स्थितिमा रहेको छ । कोरोना भाइरसबाट बालबालिका पनि संक्रमित भइरहेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बालबालिका पढ्ने शिक्षण संस्था बन्द छ । शिक्षण संस्था बन्दमात्र नभई देशका धेरै जिल्लामा निषेधाज्ञा लगाइएको छ । मकवानपुर जिल्लामा पनि आगामी बैशाख ३१ गते राति १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाका बीच बालबालिका घर परिवारमै रहेका भए पनि उनीहरुमा मानसिक तनाव तथा विभिन्न खालका दुव्र्यवहारका घटना हुने सम्भावनाप्रति गम्भीर बन्नुपर्ने बाल अधिकारकर्मीहरुले सुुझाउनुुभएको छ ।
सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइनले कुनै पनि बालबालिका आपतकालीन समस्यामा परे १०९८ फोन नम्बर खुल्ला गरेको अवस्था छ । यसै सन्दर्भमा २०७६ सालमा ५ जना बालिका र २० जना बालक श्रममा प्रयोग भएको पाइएको बाल हेल्पलाइनका प्रमुुख झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । यस्तैगरी १९ जना बालक र ७९ जना बालिकाको बालविवाह भएका छन् । बालश्रममा २५ जना र बालविवाहमा ९८ जना संलग्न रहेका छन् । बालश्रम केही हदमा कम भएको पाइए पनि आफूखुशी बालविवाह गर्ने क्रम भने बढ्दो स्थितिमा रहेको ज्ञवालीले जानकारी दिनुभएको छ ।
मकवानपुरका चार स्थानीय तह हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा लागू भएको छ । यस्तो महामारीमा बाल हेल्पलाइनजस्ता बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्था अग्रस्थानमा खटिनुपर्ने देखिन्छ ।
बाल हेल्पलाइन केका लागि ?
बालबालिकाविरुद्व अपराध वा घटना भएमा, बालबालिकामाथि श्रमशोषण, यौनशोषण, दुव्र्यवहार, शारीरिक तथा मानसिक दण्ड तथा हिंसा भएमा बाल हेल्पलाइनले सहयोग गर्दछ । कुनै बेवारिस बालबालिका बिरामी, दुघर्टना वा प्रकोपमा परेमा तथा बालविवाह हुन लागेमा वा भएमा पनि बाल हेल्पलाइनले उपचार, रोकथाम तथा उद्दारमा सहयोग गर्दछ । बालबालिकाको ओसारपसार हुनलागेमा वा भएमा, बालबालिका हराएमा, अपहरणमा परेमा तथा अलपत्र अवस्थामा फेला परेमा खोजतलास तथा आश्रयका लागि हेल्पलाइनले पहल गर्दछ । इन्टरनेटमा कसैले दुःख वा हैरानीमा दिएमा, अन्य कुनै पनि ढङ्गले बालअधिकारको उल्लंघन भएमा बाल हेल्पलाइनबाट सहयोग पाउन सकिन्छ ।
विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक समाचार तथा बाल हेल्पलाइनमा आएका सूूचना वा उजुरीका आधारमा मात्र अभियान थाल्दा कतिपय दुव्र्यवहारमा परेका बालबालिकाको तथ्यांक उपलब्ध हुन नसकेको अवस्था रहेको बताइएको छ । आफैं फिल्डमा खटिने तथा अनुगमन गरिने हो भने सयौं बालबालिका आपतमा परेका अवस्थामा भेटिने प्रचुर सम्भावना रहेको बाल हेल्पलाइन हेटौंडाका प्रमुख ज्ञवालीले बताउनुुभयो । हाम्रो सामाजिक र सांस्कृतिक अवस्था तथा अन्य हिसाबले बढि अपराधमा परेको पाइन्छ । बालिकामाथि हुने यौन दुव्र्यवहार र बलात्कार बढ्दो छ । बालबालिकामाथि दुुव्र्यवहार हुँदा उजुरी गर्ने क्रम कम भएकाले यसका निम्ति अनुगमन साथै खोज गरिनुपर्नेमा ज्ञवालीले जोड दिनुुभयो ।