हेटौंडाः मंगलबार माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता विशाल तामाङ पुनः आज माओवादीमै फर्किएका छन् । मंगलबार तामाङलाई एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले पार्टीमा स्वागत गर्नुभएको थियो ।
तामाङले मंगलबार एमालेको विचार र सिद्धान्तलाई फलो गर्ने बताएका थिए । तर बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै विगतदेखि नेकपा माओवादीमा सक्रियतापूर्वक काम गर्दै आएको र माओवादीकै निति र विचारमा चल्ने जनाएका हुन् ।
हेटौंडा–१५ का विशाल तामाङ नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सदस्य हुन् । तामाङले भूलवश नेकपा एमाले (केपि ओलि समूहमा) प्रवेश गर्न पुगेकोमा गम्भिर आत्मसमिक्षा गर्दै प्रगिमनगकारीलाई साथ र समर्थन नगर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।