हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा व्यक्तिगत घटना दर्ता प्रणाली सुरु भएको छ । पञ्जीकरण विभागको अभियानअन्तर्गत मंगलबार बकैया गाउँपालिकाको पहिलो चरणमा वडा नम्बर १, ११ र २ बाट दर्ता प्रणाली सुरु गरिएको हो ।

व्यक्तिगत घटना दर्ता प्रणालीमा विवाहदर्ता, जन्मदर्ता, मृत्युदर्ता र बसाईसराइँको विवरण संकलन गरिरहेको बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर न्यासुरले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारसम्म यी ३ वटै वडाको घटना दर्ता प्रणाली सम्पन्न हुनेछ । शुक्रबारबाट दोस्रो चरणमा वडा ८, ९, १० र १२ मा सञ्चालन हुने उहाँले बताउनुभयो ।

बाँकी वडाहरुको भने बैशाख १८ गतेसम्म सम्पन्न हुनेगरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बकैया गाउँपालिकामा १२ वटा वडाहरु रहेका छन् ।