हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, नेवारपानीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । बुधबार बिहान साढे ११ बजे बा २ ख ९०२९ नम्बरको ट्रकले ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा–१९ का ३० बर्षीय गुडसिंह वाईबाको मृत्यु भएको हो ।

मोटरसाईकलमा सवार वाईबाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एकजना भने घाइते भएका छन् । मोटरसाईकलमा सवार उदयपुर जिल्लाका २७ बर्षीय मुकेश परियारको चुरेहिल अस्पतालमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक चालक र ट्रकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहको छ ।